Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रधान सेनापति राष्ट्रिय भलिबलमा नेपाली सेनाको विजयी सुरुवात


0
Shares

माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक/एक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ ।

आइतबार भएको उद्घाटन खेलमा नेपाली सेनाले विजय हासिल गरेको छ । अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवसँगको भिडन्तमा नेपाली सेनाले ३–० को सोझो सेटमा जित हात पार्‍यो । आर्मीले सशस्त्रलाई २५—१५, २५—१९ र २५—२० को सोझो सेटमा जित पराजित गर्‍यो ।

त्यसैगरी अर्को खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिसले मध्यमाञ्चललाई २५—१०, २५—१७ र २५—१९ को सेटमा जित हासिल गर्‍यो ।

त्यस्तै सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल भलिबल टिमबीच भएको खेलमा २५—१६, १६—२५, २६—२८ र १८—२५ को सेटमा पश्चिमाञ्चल भलिबल टिमले जित हासिल गरेको छ भने मध्यपश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल टिमबीचको खेलमा १७—२५, १६—२५ र १४—२५ को सोझो सेटमा पूर्वाञ्चल भलिबल टिमले जित हासिल गरेको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०/१० हजार नगद पुरस्कारको प्रदान गर्ने जनाइएको छ । त्यसैगरी प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसनले पल्सर मोटरसाईकल प्रदान गर्ने जनाएको छ ।