Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


सशस्त्रले ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलका राष्ट्रिय प्रतियोगिता गर्ने


0
Shares

सशस्त्र सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी माघ १६ देखि २० गतेसम्म १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।

प्रतियोगितामा पुरुष एकल तथा युगल, महिला एकल तथा युगल, मिक्स डबल्स तथा विभिन्न उमेर समूहका गरी कुल १० विधामा प्रतिस्पर्धा हुनेछन् ।

यसैगरी, सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको नवौं संस्करण माघ १३ गतेदेखि १८ गतेसम्म सन्चालन हुने भएको छ ।

प्रतियोगितामा पुरुष एकल तथा युगल, महिला एकल तथा युगललगायत विभिन्न १३ विधामा प्रतिस्पर्धाा हुनेछ ।

सशस्त्रले माघ १६ गतेदेखि २० गतेसम्म चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका विजेताले २ लाख ५० हजार तथा उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।

सशस्त्रले आफ्नो आधिकारिक वेबसाइटबाट यी तीनओटै प्रतियोगिताहरुकोबारेमा जानकारी लिन तथा सहभागिताको फारम भर्न सकिने बताएको छ ।