Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रफाईल नदाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाईनलमा


0
Shares

चौथो चरणको खेलमा फ्रान्सका गेल मोन्फिल्सलाई ६-३, ६-३, ४-६ र ६-४ ले हराँउदै नदाल क्वाटरफाईनलमा पुगेका हुन् ।

क्वाटरफाईनलमा अब नदालको भिडन्त क्यानाडाका मिलोस राओनिकसँग हुनेछ ।

चौथो चरणको खेलमा स्पेनका रोबर्टो बाउटिस्टालाई ७-६, ३-६, ६-४ र ६-१ ले हराँउदै तेस्रो वरियताका राओनिक अन्तिम आठमा पुगेका हुन् ।

चौथो चरणकै अन्य खेलहरुमा विजयी हुँदै बुल्गेरियाका ग्रिगोर दिमित्रोभ र बेल्जियमका डेभिड गोफिन पनि क्वाटरफाईनलमा पुगेका छन् ।

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ ब्रिटेनकी योहाना कोन्टा, अमेरीकाकी सेरेना विलियम्स, क्रोएशियाकी लुसिच बारोनी र चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभा क्वाटरफाईनलमा पुगेका छन् ।

क्वाटरफाईनलमा कोन्टा र सेरेना तथा प्लीस्कोभा र बारोनी भिड्नेछन् ।