२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घुस लिंदैगर्दा इन्जिनियर रंगेहात पक्राउ


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, असार २२ । रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर अजयकुमार ठाकुर ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले ठाकुरलाई शुक्रबार कार्यालयबाटै पक्राउ गरेको हो ।

रौतहटको फतुवाबिजयपुर नगरपालिका–८ मा रहेको सरस्वती प्राथमिक विद्यालयको भवनमा रङरोगन, पर्खाल र बाटो निर्माण उपभोक्ता समितिसँग अन्तिम बिल भुक्तानीका लागि ४५ हजार घुस रकम लिँदैगर्दा उनी रंगेहात ठाकुर पक्राउ परेका जनाइएको छ ।