Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बंगलादेशी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा


0
Shares

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा बंगलादेशको नारायणगन्ज स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

संकटालाई जिताउन निराजन खड्का र विश्वास श्रेष्ठले एक–एक गोल गरे ।

जारी प्रतियोगितामा सशक्त प्रदर्शन गर्नेक्रममा संकटाले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराएको थियो ।

बंगलादेशी क्लबले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो ।