१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


आर्मीलाई हराउँदै आयोजक सहारा फाइनलमा


0
Shares

बुधबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले हराउँदै सहाराले फाइनलमा ठाउँ पक्का गरेको हो ।

निर्धारित् ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि निर्णय टाइब्रेकरबाटै भएको हो ।

थपिएको अन्तिम मिनेटमा भने सहाराका बबीले आर्मीका भरत खवासलाई लडाएपछि रातोकार्ड पाएका थिए ।

टाइब्रेकरमा सहाराका लागि सुशन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र उत्तम गुरुङले गोल गरे भने लक्ष्मण जिसी असफल रहे ।

त्यस्तै, आर्मीका जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामाले गोल गर्दा दीपक गुरुङ र गोलकिपर विकेश कुथु असफल भए ।

दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ–मर्स्याङ्दी र संकटा क्लब भिड्नेछन् ।

क्वार्टरफाइनलमा मनाङले धरान फुटबल क्लबलाई तथा संकटाले बंगलादेशी क्लबलाई हराएका थिए ।