उपाधिका लागि आयोजक सहारा क्लब र डिफेन्डिङ च्याम्पियन मनाङ–मर्स्याङदी क्लब भिड्दैछन् ।
सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सहारा तथा संकटा क्लबलाई हराउँदै मनाङ फाइनलमा पुगेको हो ।
आहा–राराको उपाधिका लागि दुबै टिम आपसमा दोस्रोपटक भिड्न लागेका हुन् । १२औं संस्करणमा सहाराले मनाङलाई १–० ले हराउँदै उपाधि चुमेको थियो ।
खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’मा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि भिडन्त निकै रोचक हुने बताएका छन् ।
शुक्रबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा दुबै टिमका प्रशिक्षक र कप्तानले यस्तो बताएका हुन् ।
प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्