२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ, सयौं सवारीसाधन रोकिए


0
Shares

करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताएका छन् ।

काठमाडौं र हेटौँडाबाट गइरहेका सयौं सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले राससलाई जानकारी दिए ।

सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ । रासस