Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


मनाङ–मर्स्याङ्दीले जित्यो आहा–रारा गोल्डकप, को–को भए उत्कृष्ट ?


0
Shares

साविक विजेतासमेत रहेको मनाङले लगातार दोस्रोपटक उपाधि जित्नेक्रममा शनिबार भएको फाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्‍यो ।

खेलको ७०औं मिनेटमा कमल श्रेष्ठले गरेको एकमात्र गोल नै मनाङलाई जिताउन पर्याप्त भयो ।

योसँगै मनाङले १२औं संस्करणमा फाइनलमा सहारासँग भोगेको १–० को हारकोसमेत बदला लिएको छ ।

मनाङले आहा–रारा गोल्डकपको उपाधि जितेको यो पाँचौंपटक हो ।

सेमिफाइनलमा आर्मीलाई हराउँदै सहारा तथा संकटालाई हराउँदै मनाङ फाइनलमा पुगेका थिए ।

जितसँगै मनाङले ५ लाख १ हजार १ र उपविजेता सहाराले २ लाख ५१ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका सहाराका गोलकिपर सुुजित गुरुङले स्कुटर पुरस्कार प्राप्त गरे भने प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका झापा–११ का कर्ण लिम्बूले २५ हजार रुपैयाँ पुरस्कार प्रप्त गरे ।

यस्तै, मनाङका कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर, मनाङकै सुजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, सहाराका शिव सुवेदी उत्कृष्ट स्टाइकर र सहाराका किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।