२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


0
Shares

डीबी विष्ट

बझाङ, फागुन २७ । कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

२०५२ सालदेखि फरार रहेका मष्टा गाउँपालिका–३ का ४९ वर्षीय ऐनबहादुर खड्का र ६४ वर्षीय शिद्धु खड्कालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताए ।

सर्वोच्च अदालतबाट दुई बर्ष कैद र ५०० रुपैयाँ जरिवाना तोकी फरार रहेका दुबै जनालाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला अदालत बझाङमा बुझाईएको डिएसपी धितालले बताए ।