
राष्ट्रिय खेलाडीहरुले भरिएको विभागीय टोली आर्मीविरुद्धको खेल मोफसलको टोली रुपन्देही एघारका लागि कठीन हुनेछ ।
उता, हिमालयन शेर्पा क्लव झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । झापामा जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा सशस्त्र प्रहरीमाथि नाटकीय जित हासिल गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
८६ मिनेटसम्म २-० ले पछाडि परेको हिमालयनले अन्तिम चार मिनेटमा दुई गोल गरेपछि निर्धारित ९० मिनेटको खेल बराबरी भयो ।
यसपछि थपिएको २० मिनेटको खेलमा गोल नभएपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा ३-२ ले विजयी हुँदै हिमालयन शेर्पाले सनसनीपूर्ण जित हासिल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्