२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गाउँपालिका काटिएको भन्दै स्थानीय आन्दोलित


0
Shares

स्थानीय तह पुनर्संरचना सहयोग समिति र जिल्लाका राजनीतिक दलको सहमतिमा बनाइएको गाउँपालिका काटिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

प्राविधिक सहयोग समिति र राजनीतिक दलको सहमतिमा बनाएको पुथा गाउँपालिका र उत्तरगंगा गाउँपालिकालाई आयोगले एउटै गाउँपालिका बनाएपछि स्थानीयबासिन्दा संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

रुकुमका रन्ममैकोट, हुकाम र जाङ्का ८ र ९ नम्बर वडालाई मिलाएर पुथा गाउँपालिका बनाइएको थियो ।

आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पुथा गाउँपालिका र उत्तरगंगा गाउँपालिका एउटै बनाएर पुथा उत्तरगंगा गाउँपालिका बनाएको भन्दै संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आन्दोलका कार्यक्रम सार्वजनिक गरेको हो ।

आयोगको प्रतिवेदन आफूहरुलाई मान्य नहुने चेतावनी संघर्ष समितिका संयोजक केशरमान रोकाले जानकारी दिए ।