Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल अस्ट्रेलियासँग १० विकेटले पराजित


0
Shares

भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताको पहिलो खेलमा मंगलबार नेपाललाई अस्ट्रेलियाले १० विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

नेपालका लागि सुनील सुवेदी क्षत्रीले अविजित ३४ रन जोडे भने कृतन श्रेष्ठ दुवालले अविजित २९ रन जोडे ।

जवाफमा १४४ रनको लक्ष्य अस्ट्रेलियाले १३औं ओभरमा बिनाकुनै विकेटको क्षतिमा पार गर्‍यो ।

दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटको यो दोस्रो संस्करण हो । पाँच वर्षअघि भारतले नै पहिलो संस्करण आयोजना गर्दा अस्ट्रेलियाले नेपाललाई ७ विकेटले हराएको थियो ।

जितसँगै अस्ट्रेलियाले समूहमा अंकको खाता खोलेको छ ।

प्रतियोगितामा नेपाल र अष्ट्रेलियाबाहेक भारत, पाकिस्तान, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र बंगलादेश सहभागी छन् ।

सबै ९ टोलीले ‘राउन्ड रोबिन लिग’को आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेलमा बुधबार (भोलि) दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतियोगिता आगामी फेब्रुअरी १२ तारिखसम्म चल्नेछ ।