२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दृष्टिविहीन विश्वकपमा आज नेपालले दक्षिण अफ्रिकासँग खेल्ने


0
Shares

मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियासँग भारी अन्तरले पराजित नेपाली टोली आज पहिलो जितको खोजीमा छ ।

भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई मंगलबार अस्ट्रेलियाले १० विकेटले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । जवाफमा १ सय ४४ रनको लक्ष्य अस्ट्रेलियाले १३ औं ओभरमा विना कुनै विकेटको क्षतिमा पार गर्‍यो ।

प्रतियोगितामा नेपाल र अष्ट्रेलिया बाहेक भारत, पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र बंगलादेश सहभागी छन् ।

सबै ९ टोलीले राउण्ड रबिन लिगको आधारमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आगामी फेब्रुअरी १२ तारिखसम्म चल्नेछ ।