
धादिङ, फागुन २६ । धादिङको गजुरीबाट प्रहरीले १०५ किलो लागू पदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौबाट बीरगंजतर्फ जाँदै गरेको ना५ख २८१२ नम्बरको ‘चेन्नाई एक्प्रेस’ बसमा चरेस ल्याउँदै गरेको सुराकीको आधारमा प्रहरीले गजुरीमा चेक जाँच गर्दा सो लागू पदार्थ फेला पारेको हो ।
पक्राउ पर्नेमा बसका चालक बीरगञ्ज महानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, सहचालक बारा जिल्ला उमजन गाउँपालिका–५ घर भई हाल करैयामाई बस्ने ३५ वर्षीय अनिल चौधरी र बिन्दाबासीनी गाउँपालिका–३ बस्ने १९ वर्षीय श्रीराम साह छन् ।
तस्करहरुले लागू पदार्थ ओसार पसार गर्ने नयाँ तरिका निकाल्दै विवाहका लागि बस रिजर्भ गर्ने र चरेस ल्याउने गरेको पनि पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्