Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


आयोजकलाई स्तब्ध पार्दै न्यू डायमन्डले जित्यो उपाधि


0
Shares

विहीबार भएको फाइनलमा आयोजक सशस्त्र प्रहरीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दे नैकापको न्यू डायमन्ड एकेडेकीले उपाधि जितेको हो ।

हल्चोकस्थित सशस्त्र भलिबल कोर्टमा भएको रोमान्चक फाइनलको पहिलो सेट १५–२५ ले गुमाएको न्यू डायमन्डले त्यसपछि लगातार दुई सेट २५–२३ र २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।

तर, चौथो सेट सशस्त्रले २५–१६ ले आफ्नो पक्षमा पारेपछि बराबरी भएको खेलको निर्णायक सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै न्यू डायमन्डले उपाधि उचालेको हो ।

उपाधिसँगै न्यू डायमन्डले २ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्दा दोस्रो भएको सशस्त्रले १ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो ।

सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यू डायमन्डले फाइनलमा स्थान सुरक्षित गर्दा आयोजक सशस्त्रले पश्चिमाञ्चलको चुनौती पन्छाउँदै न्यू डायमन्डसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।