Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


दिदीभाइकै पोल्टामा फेरि उपाधि


0
Shares

विहीबार राजधानीमा सम्पन्न फाइनल खेलमा आर्मीकै नवीन श्रेष्ठलाई पराजित गर्दे साविक बिजेता रत्नजितले उपाधि रक्षा गरेका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीको ब्याडमिन्टन कोर्टमा सम्पन्न फाइनलमा रत्नजितले नवीनलाई २–० को सोझो सेटमा पाखा लगाए । रत्नजितले पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २१–९ ले जिते ।

प्रतियोगिताअन्तर्गत् विहीबारै सम्पन्न महिला एकलको फाइनलमा आयोजक सशस्त्रकी शिक्षा श्रेष्ठलाई पराजित गर्दे त्रिभुवन आर्मी क्लबकी नङ्शलदेवी तामाङले उपाधि जितेकी छन् ।

साविक विजेता नङ्शलले शिक्षालाई २–० को सोझो सेटमा पराजित गर्नेक्रममा २१–१७ र २१–१७ को सहज जित हासिल पारिन् ।

सशस्त्र प्रहरीले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितामा पछिल्ला केही वर्षदेखि त्रिभुवन आर्मी क्लबका दिदीभाइ नङशलदेवी र रत्नजित तामाङको वर्चश्व रहँदै आएको छ ।