
भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो चौथो खेलमा शुक्रबार नेपालले साविक विजेता पाकिस्तानसँग फराकिलो हार व्यहोरेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ८ विकेट गुमाउदै ११६ रन बनायो । नेपालका लागि सुनील रानामगरले सर्वाधिक ४० रनको योगदान गरे ।
जवाफमा पाकिस्तानले मात्र ७ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्यो ।
प्रतियोगिताअन्तर्गत् समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले शनिबार (भोलि) वेस्ट इन्डिजको सामना गर्नेछ ।
जारी प्रतियोगिताअन्तर्गत् यसअघि खेलेका खेलहरुमा अष्ट्रेलिया र बंगलादेशसँग पराजित भएको नेपालले दक्षिण अफ्रिकालाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्