४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


तीस हजार तिरे थेसिस हातमा, मेडिकलको ४५ हजारसम्म


0
Shares

विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर शोधपत्र(थेसिस) समेत उपलब्ध गराउने गरेका छन् ।

महेन्द्ररत्न, त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्थल पुग्दा पसलमा थेसिसका केही नमुना राखिएको थियो । त्यहाँ लेखिएको थियो–टाइपिङ, सेटिङ र हार्ड वाइन्डिङ गरिन्छ ।

तर पसमा अर्कै वातावरण देखिन्थ्यो । त्यहाँ आउने विद्यार्थीले कति रकममा पूरा गराइन्छ भनी बार्गेनिङ गरिरहेका थिए । पसले र विद्यार्थीबीचको संवाद यस्तो थियो–

बिद्यार्थी: दाई, जनसंख्या विषयको माष्टर्सको थेसिस गर्न के गर्नुपर्छ ? पसले केही गर्नुपदैन । ३० हजार बुझाएमा थेसिस हातमा आइहाल्छ । विद्यार्थी : मँ सँग केही तयारी पनि छैन । टपिक्स पनि छैन, के गर्ने ? पसले: टपिक्स सहित चाहिने भने ३५ हजार खर्च गर्नुपर्छ ।

पसलेले त्रिभुवन विश्वविद्यालयका ख्यातिप्राप्त प्राध्यापकसमेत आफ्नो सम्पर्कमा रहेको र उनीहरुको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजारमा उपलब्ध गराउँने बताउँदा ति विद्यार्थी छक्क परे ।

नागरिक दैनिकबाट