
आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई २-१ ले हरायो । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन ग्याब्रिएल जिससले दुई गोल गरे ।
ब्राजिलियन खेलाडी जिसस यही जनवरीमा म्यान्चेस्टर सिटी प्रवेश गरेका हुन् । राती नैं भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीलाई ३-० ले हरायो ।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन हेन्रीक मख्तरीयान, ज्लातन ईब्राहिमोभिच र हुँवा माटाले एक एक गोल गरे ।
रातीका खेलहरुपछि लिगमा २४ खेलबाट ५९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ ।
५० अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने ४९ अंकको साथ म्यान्चेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्