
रुसमा डोपीङलाई राज्यबाटै प्रायोजन गरिएको खुलासा भएपछि एथ्लेटिक्सको विश्व संगठन आई.ए.ए.एफ.ले उसलाई रियो ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।
हालै सम्पन्न आई.ए.ए.एफ. को कार्यकारी वैठकले रुसमाथिको निलम्बन जारी राख्ने निर्णय गरेपछि उसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिप पनि खेल्न नपाउने भएको हो ।
विश्व एथ्लेटिक्स च्याम्पियनसिप यही अगष्ट ४ देखि १३ तारीखसम्म लण्डनमा हुँदैछ ।
केही रुसी एथ्लेटले भने डोपीङ परिक्षणको मापदण्ड पूरा गरेमा तटस्थ खेलाडीको हैसियतमा लण्डन एथ्लेटिक्समा भाग लिन पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्