Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बार्सिलोना स्पेनिस किङ्स कपको फाइनलमा, तीन खेलाडीले पाए रातो कार्ड


0
Shares

मंगलबार राती भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेले ।

तर, पहिलो लेगमा हात पारेको २-१ को जितको मद्दतले बार्सिलोनाले यो खेल समग्रमा ३-२ ले जित्दै फाइनलमा स्थान पक्का गर्‍यो ।

रातीको खेलमा बार्सिलोनाका लुईस सुवारेजले पहिलो गोल गरेका थिए । तर, एथ्लेटिकोका गामिएरोले एक गोल फर्काएपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

तनावपूर्ण खेलमा बार्सिलोनाका दुई तथा एथ्लेटिको मड्रिडका एक खेलाडीले रातो कार्ड पाएका थिए ।

बार्सिलोनाका गोलकर्ता सुवारेज र सर्जी रोबेर्टोले रातो कार्ड खाँदा एथ्लेटिको मड्रिडका क्यारास्को पनि रातो कार्डको शिकार भए ।

बार्सिलोनाले अब उपाधिको लागि आलाभेज वा सेल्टा भिगोमध्ये एक टोलीसँग खेल्नेछ ।