
१० टोली सहभागी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ८ खेलमा दक्षिण अफ्रिकालाईमात्र ६ विकेटले पराजित गरेको छ ।
नेपाल, पाकिस्तान र अष्ट्रेलियासँग १० विकेटले, श्रीलंकासँग १३१ रनले, बंगलादेशसँग ५९ रनले, वेस्ट इन्डिजसँग ४३ रनले तथा इंग्ल्यान्डसँग ९० रनले पराजित भयो ।
त्यस्तै, बुधबार (आज) नेपाल भारतसँग १५२ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित् २० ओभरमा १ विकेटको क्षतिमा २८९ रन बनायो ।
जवाफमा नेपालले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो ।
रमेशबहादुर बनियाँले ३५ रन बनाएको नेपाली इनिङमा दोस्रो ठूलो योगफल नेपालले अतिरिक्तकारुपमा ३० रन पायो ।
लगातार हार व्यहोरेसँगै नेपाल सेमिफाइनल प्रवेश सम्भावनाबाट बाहिरिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्