Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


यी हुन् केन्याविरुद्धको क्रिकेटका लागि छानिएका २४ खेलाडी


0
Shares

                                                                                      फाइल फोटो
छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दिलीप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी तथा सागर पुन छन् ।

त्यसैगरी, शरद भेषावकर, कुशल भुर्तेल, वसन्त रेग्मी, विक्रम सोब, शक्ति गौचन, भुवन कार्की, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने सो टोलीमा छनोट भएका छन् ।

छनोट भएका खेलाडीलाई आगामी फागुन १ गतेबाट बन्द प्रशिक्षणमा राखिनेछ । तीमध्ये १४ खेलाडी उक्त खेलका लागि छानिनेछन् ।

५२ जना सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी सुपरलिगको माध्यमबाट २४ खेलाडी छनोट गरिएको हो । रासस