
वर्तमान कप्तान अजहर अलीले राजीनामा दिएपछि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष शहरीयार खानले सरफराज अहमदलाई नयाँ कप्तान नियुक्त गर्ने घोषणा गरेका हुन् ।
सरफराज यसअघि पाकिस्तानी ट्वेन्टी ट्वेन्टी टिमको कप्तान थिए भने एक दिवसीयको उपकप्तान थिए । अजहरको कप्तानीमा पाकिस्तानले गत महिना अस्ट्रेलियामा एकदिवसीय शृंखला ४–१ ले हारेको थियो । यो नतिजापछि अजहरलाई कप्तानबाट राजीनामा दिन दबाब आईरहेको थियो ।
पाकिस्तानले अर्को महिना वेष्ट इन्डिजसँग क्रिकेट श्रृंखला खेल्दैछ । आसन्न विश्वकप क्रिकेटमा सोझै छनोट हुन पाकिस्तानलाई यो श्रृंखला निकै महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्