Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


प्रधानसेनापति खुला म्याराथनः ४२ किलोमिटरतर्फको उपाधि प्रहरीका भूमिराज राईले जिते


0
Shares

शनिबार काठमाडौंमा भएको प्रतियोगितामा राईले निर्धारित् ४२ किलोमिटरको दुरी २ घन्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

त्यसैगरी, नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सेनाकै राजन खत्रीले २ घन्टा २५ मिनेट ५० सेकेन्ड समय लगाएर तेस्रो भए ।

२१ किलोमिटर पुरुषतर्फ कल्याण बानियाँ पहिलो, रामजी बस्नेत दोस्रो र राजकुमार विष्ट तेस्रो भए । उनीहरु सबै सेनाकै खेलाडी हुन् ।

२१ किलोमिटर महिलातर्फ सेनाकी विश्वरुपा बुढा र सानुमाया कार्की क्रमशः पहिलो र दोस्रो भए भने सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भइन् ।

१० किलोमिटर पुरुषतर्फ रोहन श्रेष्ठ पहिलो, सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रो भए भने महिलातर्फ १० किलोमिटरमा श्रृष्टि कुँवर, रेखा अधिकारी र लक्ष्मी लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

५ किलोमिटर छात्रतर्फ सुरेश थापामगर पहिलो, सागर श्रेष्ठ दोस्रो र कृष्ण आलेमगर तेस्रो भए ।

छात्रातर्फ संगीता खड्का, काजल विष्ट र सुनीता दर्लामीमगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

विदेशी नागरिकतर्फ २१ किलोमिटरमा अमेरिकाका मार्क कोनइन प्रथम भए भने १० किलोमिटरमा जापानका माइक रिडले उपाधि जितेका छन् ।