Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


पुरुषतर्फको उपाधि आर्मीलाई, महिलातर्फ सशस्त्र प्रहरी विजेता


0
Shares

शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर पुरुषतर्फ र सशस्त्र प्रहरीले पनि ३–१ कै सेटमा न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै महिलातर्फको उपाधि हात पारेका हुन् ।

उपाधि पारेसँगै दुबैतर्फका विजेताले १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट र महिलातर्फ सशस्त्रकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिएका छन् ।