
पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्यूरो बैठकमा नेपालले पार्टीको केन्द्रीय सदस्यसमेत रहेका मैनालीले लेखेको पुस्तकमा उल्लिखित अंश झुटो, पूर्वाग्रह, बदनाम र तेजोबध गर्ने हिसाबले आएको भन्दै आपत्ति जनाएका थिए ।
मैनालीले हालै सार्वजनिक ‘नलेखिएको इतिहास’ पुस्तकमा ०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालिन मालेको केन्द्रीय समिति बैठकमा नेपालले भारतका सेनाको सहयोगमा गणतन्त्र स्थापन गर्ने प्रस्ताव गरेको उल्लेख छ ।
‘त्यसबेलाका केन्द्रीय समितिका कामरेडहरु यहाँ हुनुहुन्छ, अध्यक्ष कामरेड पनि यहाँ हुनुहुन्छ, ल तपाईहरु नै भन्नुस्, त्यसबेला मैले यस्तो प्रस्ताव कहिले ल्याएको थिएँ ?’ नेपालको भनाई उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने ।
त्यसपछि अध्यक्ष ओलीले जवाफमा मैनालीले पुस्तकमा उल्लेख गरेको माधव नेपालबारेको उक्त अंश झुट भएको र त्यस्तो कुनै प्रस्ताव नआएको भन्दै पार्टीले त्यसको औपचारिक खण्डन गर्ने र मैनालीलाई सचेत गराउने आश्वासन दिएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्