१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बुढासुब्बा गोल्डकपमा संकटाको विजयी सुरुआत


0
Shares

एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको उद्घाटन खेलमा भारतको कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लबलाई ३–२ ले हराउँदै संकटाले अन्तिम आठमा ठाउँ बनाएको हो ।

संकटाको जितमा खेलको दोस्रो मिनेटमा मार्टिन अजय, ३६औं मिनेटमा अनिल गुरुङ र ७७औं मिनेटमा सुशील केसीले एक–एक गोल गरे ।

कोलकाताका लागि खेलको २४औं मिनेटमा आक्का र ५२औं मिनेटमा सलादुन मिर्जाले एक एक–एक गोल फर्काए ।

१० टिम सहभागी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।