
६७ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सरकारले काठमाडौंको टुँडिखेलमा गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तीन वटै तहको निर्वाचनको लागि सरकारले तयारी गरिरहेको भन्दै निर्वाचन हुँदैन् कि भनेर शंका नर्गन आग्रह गरेका हुन् ।
संघीयता कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक रहेको भन्दै उनले सबैलाई बिश्वासमा लिएर मिति घोषणा गरिने स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउन आवश्यक रहेको भन्दै सहिदको सपना साकार पार्न संविधानसभाबाट बनेको संविधान कार्यान्वयनको विकल्प नभएको बताए ।
उनले संविधान कार्यान्वयनका लागि सहयोग गर्न अपील गरे । जनताको बलबाट प्राप्त उपलब्धि संस्थागत गर्न जरुरी रहेकाले सबै राजनीतिक दल एकजुट हुनुको बिकल्प नभएको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, संवैधानिक निकायका प्रमुख, विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो ।
प्रजातन्त्र दिवसकै अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरेको थियो भन्ने विभिन्न खेल प्रदर्शन गरिनुका साथै साँस्कृतिक झाँकीहरुको प्रदर्शनसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्