
तेस्रोपटक प्रतियोगिताको उपाधि जित्नेक्रममा हरिले निर्धारित् २१ किलोमिटर दुरी १ घन्टा ६ मिनेट ४१ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
यसअघि, सन् २००० मा ब्रसेल्समा भएको प्रतियोगितामा १ घन्टा ७ मिनेट १७ सेकेन्डका साथ खेमु गिरीले राष्ट्रिय कीर्तिमान राखेका थिए ।
पुरुषतर्फ १७ वर्षे लामो कीर्तिमान भंग हरि रिमाल प्रथम हुँदा अनिश थापामगर दोस्रो र तीर्थकुमार पुन तेस्रो भए ।
महिलातर्फ सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले उपाधि जितिन् । चौथोपटक प्रतियोगिताको उपाधि जित्नेक्रममा कान्छीमायाले गत वर्षकी विजेता विश्वरुपा बुढामगरलाई पछि पारिन् ।
विश्वरुपा दोस्रो हुँदा सोनु कार्की तेस्रो भइन् ।
पुरुष तथा महिलातर्फका विजेता हरि रिमाल र कान्छीमाया कोजुले समान ५० हजार रुपैयाँ र १–१ थान स्कुटर प्राप्त गरेका छन् ।
कान्तिपुर पब्लिकेसन्सले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको म्याराथनको प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान शुभारम्भ गरेका थिए ।
प्रतियोगिताअन्तर्गत् ३ किलोमिटर ह्विलचियर रेसमा पुरुषतर्फ रामबहादुर तामाङ र महिलातर्फ लाली तामाङ विजेता बनेका छन् ।
यस्तै, ५ किलोमिटर कर्पोरेट मिडियाअन्तर्गत् पुरुषतर्फ भूपेन्द्र बटाला र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जिते ।
प्रतिक्रिया दिनुहोस्