
पहिलो खेलमा मनाङ्गले स्थानीय क्लव मोहम्मेदन स्पोर्टिङलाई २÷० ले हराएको हो । मनाङ्गलाई जिताउन खेलको ५३ औं मिनेटमा रोहित चन्दको पासमा ओलावालेले तथा ८२ औं मिनेटमा विशाल राईले गोल गरेका हुन् ।
ओलावाले म्यान अफ द म्याच बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् । लगातार तीन वटा घरेलु प्रतियोगिता जितेर बंगलादेश पुगेको मनाङ्गले आफूलाई अब्बल भएको सावित गरेको छ ।
बंगलादेशको चट्गाउँस्थित मोहमद अजिज रंगशालामा जारी प्रतियोगितामा ६ देशका ८ टोली सहभागी छन् ।
बंगलादेशका तीन टोली सहभागी प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, नेपाल, माल्दिभ्स, अफ्गानिस्तान र कीर्गिस्तानका एक एक टोली सहभागी छन् ।
पहिलो खेल जितेसंगै सेमिफाइनललाई दावेदारी दिएको मनाङ्गले दोस्रो खेलमा बुधबार अफगानिस्तानको शाहिम आस्मायीसँग खेल्नेछ ।
समूहको अन्तिम खेलमा मनाङ्गले शुक्रबार आयोजक अवहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्