
सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह र म्यानमारमा भीम उदासलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
यसैगरी, श्रीलंकामा विश्वम्भर प्याकुरेल, यमनमा शर्मिला पराजुली, दक्षिण कोरियामा अर्जुन जंगबहादुर सिंह, बंगलादेशमा चोपलाल भुसाल, स्पेनमा भरत रायमाझी र इजरायलमा निरन्जन थापालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
सरकारले स्पेनमा दूतावास खोज्ने निर्णयसहित राजदूतसमेत नियुक्तिको सिफारिस गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सरकारले सिफारिस गरेका राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्