
पोखरा विश्वविद्यालयको १४औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षित जनशक्ति जोखियुक्त र अल्प रोजगारीका लागि विदेश पलायन हुन बाध्य भइरहेको बताइन् ।
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक अवस्था उकास्न सरकार प्रयत्नशील रहेको बताए ।
सो अवसरमा कम्प्युटर एप्लिकेसन स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कृष्ण बस्याललाई स्वर्णपदकबाट सम्मान गरिएको थियो ।
साथै, व्यवस्थापन संकायतर्फ व्यवसाय प्रशासन स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक ल्याउने सुशीला नेपाललाई लक्ष्मी विद्या स्वर्णपदकबाट सम्मान गरियो ।
यस्तै, स्नातक तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने स्वास्थ्य विज्ञान संकाय पब्लिक हेल्थका आभाष पुरीलाई उपकुलपति पदक र स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने सुशीला नेपाललाई कुलपति पदक प्रदान गरियो ।
दीक्षान्त समारोहमा गत माघसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न संकायका ४ हजार ९ सय ३१ विद्यार्थी दीक्षित भएको उपकुलपति चिरञ्जीवीप्रसाद शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्