Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


विधान संशोधन गरेर नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत


0
Shares

काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछि आइसिसीले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो ।

आइसिसीको दुबाईस्थित कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिए अनुसार नेपाली क्रिकेटको विवाद मिलाउन गठन गरिएको सुझाव समूहले संशोधित विधान अनुसार क्यानको निर्वाचन गराउन सुझाव दिएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्ध मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसिसीका पदाधिकारी काठमाडौं आउने र विधान संशोधनलगायत निर्वाचनको समय तय गर्ने आईसिसीले स्पष्ट पारेको छ ।

आइसिसीले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा आउँदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारण सभाले तय गर्ने स्पष्ट पारिएको छ ।

आइसिसीले राजनीतिक हस्तक्षेपलाई मूख्य आधार र स्वच्छ निर्वाचन हुन नसकेको भन्दै १० महिनाअघि गत अप्रिलमा नेपाललाई प्रतिबन्ध लगाएको थियो ।