Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


राष्ट्रिय आमन्त्रण कराँते हुने


0
Shares

नेपालमा हुने आसन्न १३औैं दक्षिण एसियाली खेलकुद (साग), इन्डोनेसियामा हुने १८औं एसियन गेम्स तथा सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदको तयारीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले दिएको जानकारीअनुसार प्रतियोगितामा १७ ओटा तौल समूह समावेश गरिनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका खेलाडीले भाग लिनेछन् ।

पुरुषतर्फ अधिकतम् ८८ जना तथा महिलातर्फ ८० जना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइनेछ ।

१७ स्वर्ण, १७ रजत तथा १७ कास्यपदकका लागि हुने प्रतियोगिता सन्चालन गर्न अनुमानित २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको दाबी छ ।