
विश्व स्वास्थ्य संगठन र इम्पेरियल कलेज लन्डनले ३५ औद्योगिक मुलुकमा गरेको अध्ययनअनुसार सन् २०३० सम्म दक्षिण कोरियाली महिलाको औसत आयु ९० वर्षभन्दा माथि हुने पाइएको हो ।
अहिले भने जापानीको आयु विश्वमै सबैभन्दा बढी छ ।
दक्षिण कोरियामा राम्रो खानपान, बसाइ, शिक्षाजस्ता कारणले नागरिक बढी स्वस्थ्य देखिएका छन् ।
दक्षिण कोरियाली महिलाले उच्च रक्तचापलाई सहि तरिकाबाट नियन्त्रण गर्नसक्ने र उनीहरुको मोटोपनको दर पनि विश्वमै कम रहेको छ ।
अध्ययनले सन् २०३० सम्म धेरैजसो मुलुकमा महिला र पुरुषबीच उमेरको अन्तर पनि कम हुँदै जाने देखाएको छ ।
अध्ययनको निश्कर्षले पेन्सन र जेष्ठ नागरिकको हेरचाहमा ठूलो चुनौती देखिएको अनुसन्धानकर्ताहरुले भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्