२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


श्रीमती हत्यारा डिल्ली र श्रीमान हत्यारा मिम्कोसाले जेलभित्रै अर्को विवाह गरे


0
Shares

कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो ।

कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए ।

बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ । सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन् ।

जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ । मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो ।’

डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ । दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ ।’

उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए । –नागरिक दैनिकबाट