
८५ वर्षको टेस्ट क्रिकेट इतिहासमा भारतले घरेलु भूमिमा अहिलेसम्मकै लज्जास्पद पराजय आत्मसात् गर्नेक्रममा अष्ट्रेलियासँग ३३३ रनको हार व्यहोर्यो ।
पुनेमा भएको खेलमा दुई इनिङमा गरी जम्मा २१२ रन जोडेको भारतले पहिलो इनिङमा पछिल्लो ११ रन जोड्न ७ विकेट गुमाएको थियो भने दोस्रो इनिङमा अन्तिम ९ रन जोड्न ५ विकेट गुमायो ।
विराट कोहलीको कप्तानीमा लगातार १९ खेलमा अपराजित रहेको भारतलाई लज्जास्पद हार चखाउनेक्रममा अष्ट्रेलियाका स्टेफ ओ’कीफले पहिलो र दोस्रो इनिङमा समान ३५/३५ रन खर्चेर समान ६/६ विकेट लिए ।
साढे दुई दिनमै सकिएको खेलको पहिलो इनिङमा १०५ रन बनाएको भारतले दोस्रो इनिङमा १०७ रन जोडेको थियो ।
अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा २६० तथा दोस्रो इनिङमा २८५ रन बनाएर भारतलाई ४४१ रनको चुनौती दिएको थियो ।
१३ वर्षपछि भारतलाई पहिलोपटक भारतीय भूमिमा हराएको अष्ट्रेलियाले जितसँगै चार खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्