२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


संकटा तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा


0
Shares

सोमबार भएको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई २–१ ले हराउँदै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

४८औं मिनेटमा संकटाका विदेशी खेलाडी मार्टिनले गरे । यस्तै, सशस्त्रका रवि थिङले ७८औं मिनेटमा गोल गरे ।

निर्धारित् ९० मिनेटमा दुबै तर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १५ मिनेटभित्रै संकटाका विदेशी खेलाडी कौनले गोल गरेर खेल आफ्नो पक्षमा पारेका हुन् । खेलको ‘म्यान अफ द’ म्याच संकटाका कौन नै घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्नेछन् ।