५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


नेपाल–चीन संयुक्त सैन्य अभ्यास चैतमा, नेपाली सैन्य टोली तयारीका लागि चीन प्रस्थान


0
Shares

सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरुप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेट महासेनानी मदन केसी पनि सहभागी छन् ।

विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्यअभ्यास गर्न लागेको हो । अभ्यास चैत दोस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।

सेनाले सैन्य कुटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन विभिन्न राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल–चीन संयुक्त अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसीप फर्स्ट’ नाम दिइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट