Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाईनलमा, अगुएरो चम्किए


0
Shares

बुधबार राती भएको पाँचौ चरणको रि प्लेमा म्यान्चेस्टर सिटीले च्याम्पियनसिप क्लव हडर्सफील्ड टाउनलाई ५-१ ले हरायो ।

यसअघिको खेल गोलरहित बराबरीमा सकिएपछि राती रि प्ले भएको हो ।

रि प्लेमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई गोल गरेभने लेरोए साने, पाब्लो जाबालेटा र केहीची ईहिनाचोले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियरसिप प्रतिद्वन्द्वी मिडिल्सब्रो विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।