५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


फोनमा निकैबेर नबोलेकै जाती


0
Shares

यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ । उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधानांगका अनुसार कानको समस्या आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ । ‘सुरूमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छ,’ उनले भने ।

डा प्रधानांगका अनुसार घन्टौं मोबाइल/फोनमा कुरा गर्ने, एयरफोनको बढी प्रयोग गर्ने, चर्चो फ्रिक्वेन्सीमा संगीत सुन्ने युवामा यस्तो समस्या पाइएको छ ।

कान कम सुन्न थालेपछि टेलिफोनमा काम गर्ने चार कर्मचारीले जागिरै छाडेको समेत डा. प्रधानांग सुनाउँछन् । –नागरिक दैनिकबाट