Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि


0
Shares

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको यो प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी ५ विकास क्षेत्र र एक विभागीय टोली सशस्त्र प्रहरीलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा एपीएफ, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल छन् भने समूह बी मा पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल छन् ।

प्रत्येका समुहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन् । ईटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।