Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


भाइराजा स्मृति क्रिकेटमा युनाइटेड भिजन कोहलपुरको विजयी सुरुआत


0
Shares

शनिबार भएको उद्घाटन खेलमा युनाइटेड भिजन कोहलपुरले घरबारी टोल युवा क्लबलाई ५ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युनाइटेडले निर्धारित् २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

जवाफमा १८७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको घरबारी टोली २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रनमै सीमित भयो ।

आइतबारको खेल जगबार स्पोर्टस् र योङ गनबीच हुनेछ ।

फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् ।