
शनिबार राति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ३-१ ले विजयी भयो ।
खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिन्हो, सादियो माने र जर्जीनो वहाल्दुमले एक–एक गोल गरे । आर्सनलका लागि ड्यानी वेल्बेकले एक गोल गरेका हुन् ।
प्रिमियर लिगअन्तर्गतको अर्को खेलमा बर्नमाउथले म्यान्चेस्टर युनाईटेडलाई एक–एक गोलको बराबरीमा रोकेको छ ।
खेलमा म्यानचेस्टर युनाईटेडका मार्कस रोहोले पहिलो गोल गरे पनि बर्नमाउथका जोसुवा किङले बराबरी गोल फर्काएका हुन् ।
इङ्लिस प्रिमियर लिगअन्तर्गतका अन्य खेलमा लेस्टर सिटीले हल सिटीलाई ३-१ ले हराउँदा स्टोक सिटीले मिडिल्सब्रोलाई २-० ले, स्वान्सी सिटीले बर्न्लेलाई ३-२ ले, साउथह्याम्पटनले वाट्फोर्डलाई ४-३ ले तथा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई २-० ले हराएका छन् ।
रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।
समान खेलबाट ५३ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ५२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्