२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा, अर्को खेलमा रियाल मड्रिड विजयी


0
Shares

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ५-० ले हरायो ।

लियोनल मेस्सीको प्रभावशाली खेलप्रेरित बार्सिलोनालाई विजयी गराउन मेस्सीले दुई गोल गरे भने नेईमार, उम्तिती र ईभाँ राकितीचले एक/एक गोल गरे ।

ला लिगअन्तर्गत राती भएको अर्को खेलमा रियाल मड्रिडले आइबारलाई ४-१ ले हरायो ।

खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । रियालका लागि जेम्स रोड्रिग्वेज र मार्को असेन्सीयोले एक/एक गोल गरे ।

ला लिगाअन्तर्गतका अन्य खेलमा भियारियालले ईस्पानियोललाई २-१ ले हराउँदा लेगानेजले ग्रानाडालाई १-० ले पराजित गर्‍यो ।

रातीका खेलपछि स्पेनिस लिगको अंक तालिकामा २६ खेलबाट ६० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियाल मड्रिड ५९ अंकको साथ दोस्रो स्थानमा छ ।