Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


रियाल मड्रिड र बायर्न म्युनिख क्वाटरफाईनलमा, आर्सनल र नापोली बाहिरिए


0
Shares

इंग्लण्डको आर्सनल र ईटालीको नापोली भने राउण्ड अफ सिक्सटिनबाटै बाहिरिएका छन् । मंगलबार राती भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा रियाल मड्रिडले ईटालीको नापोलीलाई ३-१ ले हरायो ।

खेलमा रियाल मड्रिडलाई विजयी गराउन सर्जीयो रामोस र अल्भारो मोराटाले एक एक गोल गर्दा नापोलीका ड्रायर मर्टीन्सले एक आत्माघाति गोल गरे ।

दोस्रो लेगमा हात पारेको यो जीतसँगै रियाल मड्रिड समग्रमा ६-२ ले विजयी हुँदै क्वाटरफाईनलमा पुगेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इंग्लण्डको आर्सनललाई ५-१ ले हरायो ।

आर्सनलकै मैदानमा भएको खेलमा बायर्न म्युनिखलाई शानदार जित दिलाउन अलेक्सीस भिडालले दुई गोल गरे ।

यसैगरी रोबर्ट लेवान्डोस्की, आर्यन रोबेन र डग्लुस कोष्टाले एक एक गोल गरे । आर्सनलका लागि थियो वाल्कोटले एक गोल गरेका हुन् ।

रातीको जीतसँगै बायर्न म्युनिख समग्रमा १०-२ को विशाल गोल अन्तरमा विजयी हुँदै क्वाटरफाईनलमा पुगेको छ ।

उता इङ्गलिस टोली आर्सनलको यात्रामा भने पुर्णविराम लागेको छ ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार राती दुई खेल हुनेछन् । बुधबार बार्सीलोना र पेरीस सेन्ट जर्मेन भिड्दा बोरुसीया डर्टमण्डले बेनीफीकासँग खेल्नेछ ।