
काठमाडौंमा महाशिवरापत्रको दिन सम्पन्न महिलालेमात्रै भाग लिन पाउने पिंकाथन दौडका विजेतालाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार नेपाल एसबीआई बैंकले सम्मान गरेको हो ।
पिंकाथनको हाफ म्याराथनतर्फ प्रथम भएकी कान्छीमाया कोजुलाई नगद ५० हजार, दोस्रो हुने रेसु बस्नेतलाई २० हजार तथा तेस्रो हुने पुष्पा भण्डारीलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको हो ।
यसैगरी, १० किलोमिटर दौडतर्फ प्रथम हुने सरिता बासीलाई २० हजार, दोस्रो हुने लक्ष्मी पाण्डेलाई १० हजार तथा तेस्रो हुने फूलमती रानालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
नेपाल एसबीआई बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख अनुकूल भट्नाघरले विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
भारतीय अभिनेता मिलिन्द सोमनको पिंकाथन अभियान भारतभन्दा बाहिर पहिलोपटक काठमाडौंमा आयोजना गरिएको हो ।
काठमाडौं पिंकाथनको पहिलो संस्करणमै प्रतिस्पर्धात्मक तथा गैरप्रतिस्पर्धात्मक गरी चार विधामा तीन हजारभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्