१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


केन्याको क्रिकेट टोली काठमाडौंमा, भोलि नेपालसँग खेल्ने


0
Shares

भारतमा अभ्यास र तयारी गरेको अफ्रिकी मुलुक केन्याको टोलीले आगामी शनिबार र सोमबार नेपालसँग दुईवटा एकदिवसीय खेल खेल्ने छ । आठ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा केन्या पाँचौ स्थानमा रहेको छ ।

हालसम्म खेलेका ८ खेलमध्ये केन्याले ४ मा जित र ४ मा हार बेहोरेको छ । समान खेल खेलेको नेपाल अंक तालिकामा ६ अंकसहित छैटौ स्थानमा छ ।

प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउने छन् । नेपाल र केन्या दुवै टोलीलाई अंक तालिकाको शीर्ष चार स्थानमा अटाउन यो खेल जित्नै पर्ने दबाब छ ।

उता नेपाली कप्तान पारस खड्काले खेल्ने वा नखेल्ने भन्ने विषयमा अझै निश्चित छैन । दुई साता अघिमात्रै पेटको शल्यक्रिया गरेका पारस पुर्ण फिट भईसकेका छैनन् । यद्यपी उनले पछिल्लो ४ दिनदेखि अभ्यास भने गरिरहेका छन् ।